नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो « Khabarhub

नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आतंकवादी गतिविधि हुन नहुने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आतंकवादलाई जन्मन दिन नहुने बताए । कहिलेकहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको उनले बताएका छन् ।

आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरण रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए।

कुनै पनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एशिया आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए ।

नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि उनले बताए । पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ५८ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।