प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ « Khabarhub

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यसहित सरकारले मल आपूर्तिमा विशेष ध्यान दिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले देशभर तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका हुन् ।

ओलीले लेखेका छन्, ‘यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ।’

मन्त्रालयको विवरणअनुसार कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन र पोटास ४ हजार ९१५ मेट्रिक टन छ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १ हजार ७८५ मेट्रिक टन रहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ४० बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ