भारतको सेवा निर्यात बढ्यो « Khabarhub

भारतको सेवा निर्यात बढ्यो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सेवा निर्यात यस वर्षको जुन महिनामा १२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ बैंक अफ इन्डिया आरबीआईको तथ्याङ्कअनुसार वार्षिक आधारमा यो महिनामा सेवा निर्यात १२ प्रतिशतले बढेर ३२ अर्ब ११ करोड डलर पुगेको छ ।

इकोनोमिक टाइम्सका अनुसार सोही अवधिमा सेवा आयात पनि ५ प्रतिशतले वृद्धि भएको छ । जुन महिनामा ५ प्रतिशतले वृद्धि भएर सेवा आयात १५ अर्ब ९० करोड डलर पुगेको छ ।

यो वृद्धिमा सूचना प्रविधि (आईटी), सफ्टवेयर र व्यावसायिक परामर्श सेवाको योगदान महत्वपूर्ण रहेको जनाइएको छ । यी क्षेत्रको निर्यातले विश्व बजारमा भारतको प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्ने जानकारहरु बताउँछन् ।

भारत सरकारले विभिन्न कार्यक्रम एवम् नयाँ व्यापार सम्झौताहरू मार्फत निर्यातलाई प्रोत्साहन गर्दै आएको छ । यद्यपि विश्वका विभिन्न क्षेत्रमा देखिएको भूराजनीतिक तनाव र व्यापार अवरोधहरूले आगामी महिनाहरूमा चुनौतीहरू निम्त्याउनसक्ने सम्भावना पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ०६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित