नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ | Khabarhub Khabarhub

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्।

जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ । सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो ।

सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच, भक्तपुर र काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको हो ।

दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।

सेनाको विशेष सुरक्षा र सक्रियता
नेपाली सेनाले देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाटसएप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ ।

सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ ।

केही व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न सेनाको आग्रह छ ।

नेपाली सेना लगायत अन्य सुरक्षा निकाय शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको सेनाले प्रष्ट पारेको छ ।

नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वाससमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : २५ बजे

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर