नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी « Khabarhub

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

'नेपालको घटनाक्रमबारे विस्तृत छलफल भयो'


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको उल्लेख गरेका छन्।

मंगलबार भारतको मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा छलफल भएको र हिंसा हृदयविदारक भएको उनले सामाजिक सञ्जाल एक्समार्फत् बताएका हुन्।

‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा विस्तृत छलफल भएको छ’, मोदीले लेखेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ।’

मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन्।

उनले थप लेखेका छन्, ‘म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।’

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : ४९ बजे

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र