ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ « Khabarhub

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् ।

‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ,’ नेता भट्टराईले लेखेका छन्, ‘यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’

उनले एमालेका नेता–कार्यर्ताहरूलाई सम्बोधन गर्दै आफूहरू इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । उनले देश र समाज भयानक अस्थिरतामा पुगेको टिप्पणी पनि गरेका छन् ।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ,’ भट्टराईले भनेका छन्, ‘हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन ।’

नेता भट्टराईले पार्टी र देश निर्माणका लागि १० बुँदे प्रस्ताव पनि अघि सारेकाा छन् ।

यस्ता छन् प्रस्तावहरू

१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ । हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गÞल्तीप्रति आत्मालोचित होऔँ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।
४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔँ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।
९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।
१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऊँ, नेपालित्व जोगाऔँ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ३० बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज