घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत « Khabarhub

घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी पुस्ताका नाममा घर जलाइए पनि जनताप्रतिको समर्पण आगोले जलाउन नसक्ने बताएका छन् ।

आन्दोलनकारीले घर जनाएको एक दिनपछि बुधबार उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘घर जलाइयो, सम्पत्ति नष्ट गरियो । तर हाम्रो आत्मा, हाम्रो जनताप्रतिको समर्पण आगोले जलाउन सक्दैन,’ बस्नेतले लेखेका छन् ।

उनले अहिले आफूहरू पीडामा भए पनि भोलिका दिनमा सतिसाल झैँ अडिग भएर उठ्ने पनि बताएका छन् ।

‘साथीहरू, आँधीपछि आकाश अझ नीलो हुन्छ । आज हामी पीडामा छौँ, तर भोलि हामी सतिसालझैँ अडिग भएर उठ्ने छौँ । हामी सुरक्षित छौँ र मुलुकको सुरक्षाको निमित्त सधैँ खट्ने छौँ,’ बस्नेतले भनेका छन् ।

बस्नेतको भक्तपुरस्थित घरमा बुधबार आन्दोलनकारीले आगजनी गरेका थिए । उनले कवि नेचलाल अभागीको कविताका दुई हरफ शेयर गर्दै लेखको छन्, ‘आँधी र हुरी नचलेको बेला कायरले पनि बहादुरीका कुरा गर्छ । तर आँधी–हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्ने, सतिसाल मात्र हुन्छ ।’

नेता बस्नेतले पार्टीका नेता–कार्यकर्तालाई संयमित हुन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेका छन् ।

‘पार्टीका साथीहरू, धैर्य राखौँ । संयमित बनौँ । हामी फेरि उठ्ने छौँ । सुरक्षा निकायको निर्देशन पालना गरौँ । एकअर्कामा हातेमालो गरौँ । समस्या परेका साथीलाई नछोडौँ । निजी वा सार्वजनिक सम्पत्ति जल्न नदिऊँ । लुटपाट र तोडफोडमा लाग्न नदिऊँ । जनजीवनलाई फेरि सही बाटोमा ल्याऔँ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र