रोकिएन जेन-जीका नाममा लुटपाट, भाटभटेनीमा पसेका चारजना समातिए, भागेका २६ कैदी नियन्त्रणमा « Khabarhub

रोकिएन जेन-जीका नाममा लुटपाट, भाटभटेनीमा पसेका चारजना समातिए, भागेका २६ कैदी नियन्त्रणमा


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार देशभर भएको विध्वंशपछि पनि लुटपाट रोकिएको छैन। बुधबार नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन हुँदा पनि संघीय राजधानी र जिल्लामा लुटपाट र आपराधिक गतिविधि रोकिएका छैनन् ।

काठमाठडौँको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको बीचमा नेपाली सेनासहितका सुरक्षाअधिकारीले पक्राउ गरेका छन् ।

त्यसैगरी, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौज देखेपछि छाडेर भागेको २३ लाख २५ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर २५०० सुरक्षाकर्मीले बरामद गरेका छन्।

यसबीचमा सुरक्षाकर्मीहरूले लुटिएका थप एक नालसहित हालसम्म ३२ नाल हतियार फिर्ता गर्न सफल भएका छन्।

यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ । काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयासलाई पनि सेनाले रोकेको छ।

सुरक्षा निकायले राजधानीलगायत देशभर निगरानी थप कडा पारेका नेपाली सेनाले जनाएको छ । बाँकी घटनामा समेत संलग्नलाई चाँडै कानूनी दायरामा ल्याइने सेनाले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ४९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न