अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह « Khabarhub

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ ।

त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न गत राति १०ः०० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालन भइसकेको र जिल्लामा शान्ति सुरक्षा सामान्य बन्दै गएको सूचनामा उल्लेख गरिएको छ ।

यस विषम परिस्थितिमा आमसर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । कुनै अवाञ्छित तथा अराजक गतिविधि भएमा नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरी बलको ०६१–५४४०८८, ९८५१२७२२०८० र १११४ ९टोल फ्रि० मा सम्पर्क गरी खबर गर्न सबैमा प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ११ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै