अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह « Khabarhub

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ ।

त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न गत राति १०ः०० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालन भइसकेको र जिल्लामा शान्ति सुरक्षा सामान्य बन्दै गएको सूचनामा उल्लेख गरिएको छ ।

यस विषम परिस्थितिमा आमसर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । कुनै अवाञ्छित तथा अराजक गतिविधि भएमा नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरी बलको ०६१–५४४०८८, ९८५१२७२२०८० र १११४ ९टोल फ्रि० मा सम्पर्क गरी खबर गर्न सबैमा प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  २ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र