गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर सहज वातावरण सिर्जना गर्नु अपरिहार्य « Khabarhub

गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर सहज वातावरण सिर्जना गर्नु अपरिहार्य


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कानुन समाजले गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर कानुनी शासनको सहज वातावरण निर्माण गर्नुपर्ने जनाएको छ । 

बुधबार नेपाल कानुन समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान प्रधानले एक विज्ञप्ति जारी गर्दै ‘आगामी राजनीतिक मार्गको रचनात्मक ढंगबाट निकास निकाल्दै राष्ट्रपति, सेना र युवा समूहबीच सहमति कायम गरी गैर राजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी कानुनी शासनको सहज वातावरण सिर्जना’ गर्नुपर्ने बताएका हुन् ।

निर्देशक प्रधानले विज्ञप्तिमार्फत जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनमा मृत्यु भएका प्रदर्शनकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रहरी प्रशासनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि सुरक्षाका न्यूनतम मापदण्ड समेतको पालना नगरी अनुचित र गैरजिम्मेवार भएको विज्ञप्तिमा उल्लेख छ ।

‘संयुक्त राष्ट्रसंघको कानुन कार्यान्वयन निकायको बल तथा हतियार प्रयोगका आधारभूत सिद्धान्त, स्थानीय प्रशासन ऐन तथा नेपाल प्रहरीको निर्देशिका समेतको विरुद्धमा संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न गएका प्रदर्शनकारीहरूको मृत्यु समेत भएको घट्नाले नागरिकको बाँच्न पाउने अधिकार समेत हनन हुने गरी भएको ज्यादती तथा अमानवीय कार्यको हामी घोर निन्दा गर्दछौँ’, प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, प्रदर्शनकारीमाथि भएको दमन तथा हत्याको विश्वसनीय र निष्पक्ष न्यायिक छानबिन आयोग गठन गरी दोषीमाथि कडा कारबाही गरी दण्डहीनताको अन्त्य गर्न र मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको स्वास्थ्य उपचारको व्यवस्था गर्न प्रधानले विज्ञप्तिमार्फत माग गरेका छन् ।

घट्नाको प्रतिक्रिया स्वरूप भएको प्रदर्शनबाट उपत्यकासहित काठमाडौं बाहिरका व्यक्तिगत र सार्वजनिक सम्पत्तिमाथिको आगजनी, तोडफोड र लुटपाटजस्ता घट्नाप्रति कासले दुःख व्यक्त गर्दै सम्बन्धित सरोकारवाला र राज्यका सुरक्षा निकायहरू थप जिम्मेवार बन्न पनि समाजले अपिल गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४३ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा