पत्रकारलाई निषेधित क्षेत्र र कर्फ्यू समयमा परिचयपत्र बोक्न महासंघको आग्रह « Khabarhub

पत्रकारलाई निषेधित क्षेत्र र कर्फ्यू समयमा परिचयपत्र बोक्न महासंघको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले निषेधित क्षेत्र र कफ्र्यूको समय कार्यक्षेत्रमा खटिँदा पत्रकारको परिचय खुल्ने परिचय पत्र बोक्न आग्रह गरेको छ । महासंघले बिहीबार ‘पत्रकार र सञ्चार संस्थाहरूमा अपील’ जारी गर्दै पत्रकारहरूलाई रिपोर्टिङका क्रममा सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन पनि आग्रह गरेको छ ।

‘निषेधित क्षेत्रमा र कफ्र्यूको समयमा कार्यक्षेत्रमा खटिँदा पत्रकारको परिचय खुल्ने परिचयपत्र बोक्न, सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन, समूहमा रहन, आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाका उपायहरू अवलम्बन गर्न सबै पत्रकार साथीहरूसँग महासंघ आग्रह गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी अपीलमा भनिएको छ ।

महासंघले जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्ने सिलसिलामा कहीँ कतैबाट अवरोध नगर्न पनि अपील गरेको छ ।

‘संविधान र कानुनबाट सुरक्षित प्रेस स्वतन्त्रताको उपभोग तथा पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारितामार्फत् सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रेषित गर्नु र गर्न पाउनु हाम्रो अधिकार र कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

महासंद्दले सञ्चारगृह र पत्रकारको सुरक्षामा ध्यान दिन सञ्चार सम्बद्ध व्यवस्थापन पक्षसँग अनुरोधसमेत गरेको छ । महासंघले पत्रकार तथा सञ्चार माध्यममाथि धम्की, त्रास, आक्रमण र अवरोध सिर्जना भए महासंघका सम्बद्ध शाखा र संस्था, प्रदेश समिति र केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि भनेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ३२ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये