पत्रकारलाई निषेधित क्षेत्र र कर्फ्यू समयमा परिचयपत्र बोक्न महासंघको आग्रह « Khabarhub

पत्रकारलाई निषेधित क्षेत्र र कर्फ्यू समयमा परिचयपत्र बोक्न महासंघको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले निषेधित क्षेत्र र कफ्र्यूको समय कार्यक्षेत्रमा खटिँदा पत्रकारको परिचय खुल्ने परिचय पत्र बोक्न आग्रह गरेको छ । महासंघले बिहीबार ‘पत्रकार र सञ्चार संस्थाहरूमा अपील’ जारी गर्दै पत्रकारहरूलाई रिपोर्टिङका क्रममा सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन पनि आग्रह गरेको छ ।

‘निषेधित क्षेत्रमा र कफ्र्यूको समयमा कार्यक्षेत्रमा खटिँदा पत्रकारको परिचय खुल्ने परिचयपत्र बोक्न, सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन, समूहमा रहन, आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाका उपायहरू अवलम्बन गर्न सबै पत्रकार साथीहरूसँग महासंघ आग्रह गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी अपीलमा भनिएको छ ।

महासंघले जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्ने सिलसिलामा कहीँ कतैबाट अवरोध नगर्न पनि अपील गरेको छ ।

‘संविधान र कानुनबाट सुरक्षित प्रेस स्वतन्त्रताको उपभोग तथा पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारितामार्फत् सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रेषित गर्नु र गर्न पाउनु हाम्रो अधिकार र कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

महासंद्दले सञ्चारगृह र पत्रकारको सुरक्षामा ध्यान दिन सञ्चार सम्बद्ध व्यवस्थापन पक्षसँग अनुरोधसमेत गरेको छ । महासंघले पत्रकार तथा सञ्चार माध्यममाथि धम्की, त्रास, आक्रमण र अवरोध सिर्जना भए महासंघका सम्बद्ध शाखा र संस्था, प्रदेश समिति र केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि भनेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ३२ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न