पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटेल सङ्घको आह्वान « Khabarhub

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटेल सङ्घको आह्वान


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटेल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न माग गरेको हो ।

‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटेल सङ्घ नेपालले आह्वान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटेल सङ्घ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको सङ्घले उल्लेख गरेको छ । अलपत्र परेका पर्यटकलाई होटेल आवास आवश्यकता भए होटेल सङ्घ नेपालको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

सङ्घले आसन्न चाडपर्व र पर्यटकीय यामको प्रारम्भ हुने समयमा सिर्जित नयाँ परिवर्तन र सङ्क्रमणकलामा नेपालमा रहेका तथा आउने पर्यटकको उचित व्यवस्थापनमा होटललगायत आतिथ्य क्षेत्र सदाझैँ क्रियाशील रहेको जनाएको छ । यस कार्यमा सम्बद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भएको खण्डमा नेपाल आउने पर्यटकबाट हुन थालेको अत्यधिक एवं अप्रत्याशित ‘क्यान्सिलेसन’ केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्त्वपूर्ण संरचना निर्माणमा देशकै सीमित साधन तथा स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटेल सङ्घले अपिल गरेको छ ।

सङ्घले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् युवाको आत्माको चीर शान्तिको प्रार्थना गर्दै घाइतेको स्तरीय स्वास्थ्योपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न