पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटेल सङ्घको आह्वान « Khabarhub

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटेल सङ्घको आह्वान


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटेल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न माग गरेको हो ।

‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटेल सङ्घ नेपालले आह्वान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटेल सङ्घ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको सङ्घले उल्लेख गरेको छ । अलपत्र परेका पर्यटकलाई होटेल आवास आवश्यकता भए होटेल सङ्घ नेपालको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

सङ्घले आसन्न चाडपर्व र पर्यटकीय यामको प्रारम्भ हुने समयमा सिर्जित नयाँ परिवर्तन र सङ्क्रमणकलामा नेपालमा रहेका तथा आउने पर्यटकको उचित व्यवस्थापनमा होटललगायत आतिथ्य क्षेत्र सदाझैँ क्रियाशील रहेको जनाएको छ । यस कार्यमा सम्बद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भएको खण्डमा नेपाल आउने पर्यटकबाट हुन थालेको अत्यधिक एवं अप्रत्याशित ‘क्यान्सिलेसन’ केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्त्वपूर्ण संरचना निर्माणमा देशकै सीमित साधन तथा स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटेल सङ्घले अपिल गरेको छ ।

सङ्घले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् युवाको आत्माको चीर शान्तिको प्रार्थना गर्दै घाइतेको स्तरीय स्वास्थ्योपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४४ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर