एनसेलले दियो दुई दिनका लागि निःशुल्क कल, एसएमएस र इन्टरनेट « Khabarhub

एनसेलले दियो दुई दिनका लागि निःशुल्क कल, एसएमएस र इन्टरनेट


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

मुलुकभर जारी विभिन्न अवरोधबीच आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्ने उद्देश्यले विभिन्न सेवा निःशुल्क गरिएको एनसेलको भनाइ छ ।

उपभोक्ताहरूलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि मंगलबार साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टा अर्थात् दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुबै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको विज्ञप्तिमा उल्लेख गर्दै दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ४५ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये