एनसेलले दियो दुई दिनका लागि निःशुल्क कल, एसएमएस र इन्टरनेट « Khabarhub

एनसेलले दियो दुई दिनका लागि निःशुल्क कल, एसएमएस र इन्टरनेट


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

मुलुकभर जारी विभिन्न अवरोधबीच आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्ने उद्देश्यले विभिन्न सेवा निःशुल्क गरिएको एनसेलको भनाइ छ ।

उपभोक्ताहरूलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि मंगलबार साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टा अर्थात् दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुबै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको विज्ञप्तिमा उल्लेख गर्दै दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  २ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र