कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त « Khabarhub

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको अधिकारका लागि लडेका सभापति शेरबहादुर देउवामाथि कुटपिट गरिएको भन्दै खेद व्यक्त गरेका छन् । 

बिहीबार उनले प्रेस विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री देउवामाथि जेन–जी पुस्ताको अवरणमा कुटपिट भएको घटनाप्रति खेद व्यक्त गरेका हुन् ।

‘विगतमा बोल्न पाउने, विरोध तथा जुलुस गर्न पाउने स्वतन्त्र अधिकारका लागि जेलनेल खाएर लडेका नेपाली काग्रेसका आदरणीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूलाई सार्वजनिक रूपमा अपमान गरी कुटपिट गरियो, जुन खेदजनक छ,’ नेता पोखरेलले भनेका छन् । 

लोकतन्त्रमा राजनीतिक दलहरू आवश्यक हुने भन्दै उनले दलका नेताले गलत गर्दा कारबाही गर्ने कानुनी शासनको आफ्नै विधि, प्रक्रिया र संरचनाहरू रहेको पनि स्मरण गराएका छन् । 

‘लोकतन्त्रमा दलहरु चाहिन्छ, दलका केही नेताहरूले गलत कार्य गरेको भए सजायको भागिदार हुने र गलत गर्ने राजनीतिज्ञलाई कारबाही गर्ने कानुनी शासनमा आफ्नै विधि, प्रक्रिया र संरचनाहरू हुन्छन्,’ उनले लेखेका छन्, ‘संरचनाहरू कमजोर भए नयाँ आउने सरकारबाट विधिवत् सच्याउन मिल्छ । राजनीतिक दलका कार्यालय भवनले गलत गरेका हुँदैनन् ।’ 

उनले मंगलबारबाट आन्दोलनको सुरुवात गरेका जेन–जी पुस्ताका युवालाई प्रश्नसमेत गरेका छन् । ‘के हामीलाई राजनीतिक दल नचाहिएको हो र रु ती दलहरुका संरचना जलाएर लोकतन्त्र बलियो हुँदैन,’ पोखरेलले भनेका छन्, ‘जेन–जीले ख्याल राखु पर्ने के हो भने विधि नपु¥याई भिडबाट गरिने कुनै पनि कार्यले हामी सबैले बलियो बनाउन चाहेको समावेशी लोकतन्त्र सबल र सक्षम बन्न सक्दैन ।’ 

नेता पोखरेलले जेन–जी पुस्तालाई सार्वजनिक तथा निजी सम्पत्ति नष्ट नगर्न आग्रह पनि गरेका छन् ।

 ‘जेन–जी समूहका नेतृत्वलाई विनम्र अनुरोध छ कि देशभर अझैँ दूरदराजमा हुँदै गरेको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने कार्यलाई तुरुन्त रोकियोस्,’ उनले भनेका छन्, ‘आगामी दिनमा चालिने राजनीतिक गतिविधिले सयौँ सहिदको ज्यान र हजारौँ अगुवाको जवानी तथा जेथा त्याग गरेर ल्याएको लोकतन्त्रको आत्मा नमर्ने सुनिश्चित होस् ।’

अहिलेको कठिन परिस्थितिमा काग्रेस सामु ठूलो चुनौती आएको भन्दै उनले पार्टी गतिविधि सञ्चालन गरेर ऐतिहासिक विरासत कायम राखेर पार्टी सदस्यहरूबीच संवाद र राजनीतिक क्रियाशीलता कायम राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ५६ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा