सर्लाहीमा निषेधाज्ञा जारी « Khabarhub

सर्लाहीमा निषेधाज्ञा जारी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बरहथवा– जिल्ला कारागार सर्लाहीका  कैदी बन्दीले कारागार भवनको माथिल्लो तल्ला भागमा आगजनी  गर्ने प्रयास गरेका छन् । 

आज बिहान एक्कासि कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा आगजनी गरेका हुन् ।  कैदी बन्दीहरूले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि तीन वटै सुरक्षा निकायले अहिले नियन्त्रणमा लिएका छन् । 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागार घेरा हालेका  छन् । सुरक्षाकर्मीको बलियो घेरामा कारागार भवन रहेका कारागारका प्रमुख विशाल चौधरीले जानकारी दिए । कैदी बन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उनले जानकारी दिए । 

‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो ।’ कारागार प्रमुख चौधरीले भने, ‘तत्काल नेपाली सेना, कारागार सुरक्षाकर्मी समेतले घेरा हाले पछि अहिले अवस्था नियन्त्रणमा आउने क्रममा छ ।’ कैदी बन्दीले लगाएको आगो पनि वारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइहरेको जनाइएको छ । 

१६० जना पुरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पुरुष गरी ३९८ जना थुनामा छन् । यस्तै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभए सम्मको बिहान ८ः३० बजेबाट सर्लाहीमा निषेधाज्ञा आदेश जारी गरेको छ । 

ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमाना सम्म चार किल्ला भित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ । यस चार किल्ला भित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ । 

 निषेधाज्ञा अवधिमा पनि अत्यआवश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कूटनीतिक नियोगको सवारी सञ्चालनमा भने सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ४४ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना