सर्लाहीमा निषेधाज्ञा जारी « Khabarhub

सर्लाहीमा निषेधाज्ञा जारी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बरहथवा– जिल्ला कारागार सर्लाहीका  कैदी बन्दीले कारागार भवनको माथिल्लो तल्ला भागमा आगजनी  गर्ने प्रयास गरेका छन् । 

आज बिहान एक्कासि कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा आगजनी गरेका हुन् ।  कैदी बन्दीहरूले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि तीन वटै सुरक्षा निकायले अहिले नियन्त्रणमा लिएका छन् । 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागार घेरा हालेका  छन् । सुरक्षाकर्मीको बलियो घेरामा कारागार भवन रहेका कारागारका प्रमुख विशाल चौधरीले जानकारी दिए । कैदी बन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उनले जानकारी दिए । 

‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो ।’ कारागार प्रमुख चौधरीले भने, ‘तत्काल नेपाली सेना, कारागार सुरक्षाकर्मी समेतले घेरा हाले पछि अहिले अवस्था नियन्त्रणमा आउने क्रममा छ ।’ कैदी बन्दीले लगाएको आगो पनि वारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइहरेको जनाइएको छ । 

१६० जना पुरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पुरुष गरी ३९८ जना थुनामा छन् । यस्तै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभए सम्मको बिहान ८ः३० बजेबाट सर्लाहीमा निषेधाज्ञा आदेश जारी गरेको छ । 

ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमाना सम्म चार किल्ला भित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ । यस चार किल्ला भित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ । 

 निषेधाज्ञा अवधिमा पनि अत्यआवश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कूटनीतिक नियोगको सवारी सञ्चालनमा भने सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ४४ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा