पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् ।

मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् । रासस

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५७ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न