पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् ।

मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् ।

गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् । रासस

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५७ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर