जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड  « Khabarhub

जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड 


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । उनीहरूले जुम बैठकबाट सबैको आवाज समेटेर एजेन्डा बनाउन लागेका हुन् । 

बैठकमा केही जेनजी पुस्ताले एजेन्डा प्रस्तुत गरेर भोटिङ गर्ने र त्यो एजेन्डा प्रधान लिएर सेनापतिसँग वार्ता गर्ने बताइरहेका छन् । 

बैठकमा उनीहरूले सबैले मान्य लिडर तोकेर, राष्ट्रपति र प्रधानसेनापतीलाई आफ्ना एजेन्डा प्रस्तुत गर्नुपर्ने सल्लाह गरिरहेका छन् । 

लिडर तोकेर एजेन्डा प्रस्तुत गर्दा संयमित र पदीय जिम्मेवारीहरूको पनि ख्याल गर्नुपर्ने उनहरूले बैठकमा भनिरहेका छन् । कुनै जेनजीले सम्पूर्ण जेनजीको आवाज एककृत हुन नसके समस्या हुने भन्दै सम्पूर्णलाई लिखित रूपमा एजेन्डा तयार पार्न भनिरहेका छन् । 

जुम बैठकमा अहिले करिब ४ सय प्रतिनिधि जोडिएका छन् । उनीहरूले नितान्त व्यक्तिगत कुराहरूलाई एजेण्डामा राख्नु नहुने बताइरहेका छन् । 

बैठकमा आइटीसँग जानकार युवाले लाइभमै एजेन्डा प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले कुनै राजनीतिक दलसँग आबद्ध भएको व्यक्तिलाई लिडर नतोकिने बताइरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : १७ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै