जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड  « Khabarhub

जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड 


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । उनीहरूले जुम बैठकबाट सबैको आवाज समेटेर एजेन्डा बनाउन लागेका हुन् । 

बैठकमा केही जेनजी पुस्ताले एजेन्डा प्रस्तुत गरेर भोटिङ गर्ने र त्यो एजेन्डा प्रधान लिएर सेनापतिसँग वार्ता गर्ने बताइरहेका छन् । 

बैठकमा उनीहरूले सबैले मान्य लिडर तोकेर, राष्ट्रपति र प्रधानसेनापतीलाई आफ्ना एजेन्डा प्रस्तुत गर्नुपर्ने सल्लाह गरिरहेका छन् । 

लिडर तोकेर एजेन्डा प्रस्तुत गर्दा संयमित र पदीय जिम्मेवारीहरूको पनि ख्याल गर्नुपर्ने उनहरूले बैठकमा भनिरहेका छन् । कुनै जेनजीले सम्पूर्ण जेनजीको आवाज एककृत हुन नसके समस्या हुने भन्दै सम्पूर्णलाई लिखित रूपमा एजेन्डा तयार पार्न भनिरहेका छन् । 

जुम बैठकमा अहिले करिब ४ सय प्रतिनिधि जोडिएका छन् । उनीहरूले नितान्त व्यक्तिगत कुराहरूलाई एजेण्डामा राख्नु नहुने बताइरहेका छन् । 

बैठकमा आइटीसँग जानकार युवाले लाइभमै एजेन्डा प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले कुनै राजनीतिक दलसँग आबद्ध भएको व्यक्तिलाई लिडर नतोकिने बताइरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ४ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र