सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह « Khabarhub

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ । सोमबार र मंगलबार मुलुकको राजधानी काठमाडौँसहित देशभर जेनजीद्वारा गरिएको प्रदर्शनका कारण मानवीय तथा भौतिक संरचनामा क्षति भएपछि यहाँका होटेल, व्यवसायहरू आज बिहानैदेखि बन्द भएका हुन् ।

सदरमुकाममा रहेका होटेल, विभिन्न खाद्यान्नका पसललगायत व्यवसायीले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै व्यवसाय बन्द गरेका हुन् । 

बालमन्दिर चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका लोकेन्द्र सुनारले भने, ‘देश आन्दोलनले शिथिल भएको छ, यहाँ पनि त्यस्ता घटना नघटुन् भनेर हामीले पसलहरू बन्द गरेका हौँ । देशैभर नेपाली सेना सुरक्षामा तैनाथ छ, हुम्लामा पनि सुरक्षाकर्मी बिहानैदेखि विभिन्न चोकहरूमा छन् । तर पनि आन्दोलनको भर नहुने भएकाले पसलहरू बन्द गरिएका हो ।’

व्यवसाय सञ्चालनमा ल्याउन उद्योग वाणिज्य सङ्घको विज्ञप्ति 

यसैबीच, हुम्ला उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गर्दै होटेल, पसल तथा व्यवसाय नियमित रूपमा सञ्चालनमा ल्याउन व्यवसायीलाई आग्रह गरेको छ । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गरी सुशासित, विवेकशील र संयमित भएर सौहार्दपूर्ण वातावरणमा आफ्नो व्यवसाय उद्योग सञ्चालन गर्न हुन सम्पूर्ण उद्योगीहरूलाई सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले आग्रह गरे । 

केही दिनयतादेखि काठमाडौँसहित देशका विभिन्न सहरहरुमा घटेको घटनाप्रति गम्भीरता र दुःख व्यक्त गर्दै उक्त घटनाले राष्ट्रलाई स्तब्ध बनाउनुका साधै ठूलोमात्रामा जनधनको क्षति पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जेन-जीको प्रदर्शनका क्रममा दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । 

तीन वटै सुरक्षाकर्मीको गस्ती बाक्लियो 

जिल्ला सदरमुकाम सिमकोटमा आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षा गस्ती बाक्लिएको छ । रानीवन ब्यारेकमा बस्दै आएको नेपाली सेनाले नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले बिहानदेखि बजार गस्तीमा निस्किएको हो ।

सदरमुकामका विभिन्न चोकहरूमा तीन वटै सुरक्षा निकायका प्रतिनिधिले नागरिकलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। बजार क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको उनले बताए। 

विद्यालयसहित गाउँपालिका कार्यालय बन्द

सदरमुकामस्थित सिमकोट गाउँपालिकाले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति सहानुभूति प्रकट गर्दै आफ्ना मातहतमा रहेका सरकारी तथा निजी विद्यालय, प्रत्येक वडा र गाउँपालिका कार्यालयमा शोक बनाउने भन्दै बिदा दिइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। 

यस्तै अन्य सरकारी तथा गैरसरकारी कार्यालयसमेत आज बन्द छन् । साथै चङ्खेली गाउँपालिकाले पनि आज शोक बिदा दिएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५८ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट