जेनजी बैठक : बालेन र सुशीला कार्कीको चर्चा, १५ जना लिडर पठाउने छलफल  « Khabarhub

जेनजी बैठक : बालेन र सुशीला कार्कीको चर्चा, १५ जना लिडर पठाउने छलफल 


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । एजेन्डा बनाइरहेका उनीहरूको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व न्यायाधीश सुशीला कार्कीको चर्चा चलाइरहेका छन् । 

उनीहरू १५ जना जति लिडर गएर यी दुई व्यक्तिलाई पनि सामेल गराउन सक्ने चर्चा गरिरहेका छन् । 

उनीहरूले निष्कर्षमा पुग्न गाह्रो भएकाले कार्की र शाहसँग बसेर विचार लिनुपर्ने बताइरहेका छन् । उनीहरूले वकिलसँग पनि सम्पर्क गरेर एजेन्डा तयार पार्नुपर्ने बताइरहेका छन् । 

उनीहरूले विश्वास गर्ने व्यक्ति लिडर बन्नुपर्ने बताउँदै, यसका लागि वकिलहरूसँग पनि परामर्श गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले सेनासँग कुरा गर्न सक्ने र हिजोको क्षतिपूर्तिको जिम्मेवारी लिन सक्ने व्यक्तिलाई लिडर छान्नु पर्ने बताइरहेका छन् । 

आजको जुम बैठकमा विदेशमा रहेका नेपाली जनजी पनि जोडिएका छन् । उनीहरूले पनि आफ्नो धारणा दिइरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ४ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र