नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’ « Khabarhub

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि नेपाली सेनासँग सुरू भएको वार्ताकै क्रममा जेन–जी पुस्ता विभक्त भएको छ । 

बुधबार नेपाली सेनाका सेनापति अशोकराज सिग्देलसँग जेन–जी पुस्ताका तर्फबाट वार्तामा बसेका मध्येकी एक रक्षा बमले सामाजिक सञ्जालमा विभक्तको संकेत गरेकी छन् । 

उनले बिहीबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा जेन–जी समूहको आन्तरिक छलफलमा कुरा नमिलेपछि आफूहरू बाहिरिएको उल्लेख गरेकी छन् । 

आन्दोलनको सामान्य मापदण्डविपरित छलफल अघि बढेपछि आफूहरू बाहिरिएको रक्षाको भनाइ छ । 

‘आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘तर, आन्दोलनको बेसिक नर्मस् विरूद्ध छलफल अघि बढाइन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ ।’ 

रक्षाले जेन–जी आन्दोलनको कुनै नेतृत्व नभएको पनि प्रष्ट्याएकी छन् । उनले विभिन्न जेन–जी कै समूहले नै आन्दोलनको नेतृत्व गरेको पनि बताएकी छन् । ‘जेन–जी आन्दोलनको कुनै लिडर छैन । यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेन–जी कै समूहले लिड गरेको हो,’ रक्षाको भनाइ छ, ‘तसर्थ अहिले वार्तामा रहेका जेन–जेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनभिज्ञ छु ।’    

रक्षाले बुधबार नेपाली सेनाका प्रधान सेनापति सिग्देलसँग आफूहरूले छलफल गरेको पनि सार्वजनिक गरेकी छन् । 

‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ । हिजो पनि हामी कुनै मागहरू लिएर आर्मी चिफलाई भेट्न गएका थिएनौँ,’ उनले लखेकी छन्, ‘हिजो हाम्रो स्पष्ट भनाइ यही थियो– हामीलाई हाम्रो मागहरू तयार गर्न समय चाहिन्छ ।’

रक्षा बुधबारको छलफलमा प्रधान सेनापति सिग्देलसँग जेन–जीका तर्फबाट एजेन्डा तय गर्न केही समय लाग्ने र त्यो समय पाउनु पर्ने प्रस्ताव गरेको पनि जानकारी दिएकी छन् । 

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौँ, सबैसँग सम्पर्क गर्नेछौँ र केही दिनभित्र राष्ट्रपतिसहित आर्मी चिफसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ । जेन–जीका मागहरू राज्यको आगामी बाटो जेन–जी ले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो,’ रक्षाले लेखेकी छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : २२ बजे

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि