सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला  « Khabarhub

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू र नागरिक समाजलाई भावनात्मक रूपमा एकताबद्ध हुन अपिल गरेका छन् । 

उनले बिहीबार विज्ञप्ति जारी गरेर अहिलेको विषम परिस्थितिमा उच्च मनोबलका साथ सतर्क रही भावनात्मक रूपले एकताबद्ध हुन दलका नेताहरू र नागरिक समाजलाई अपिल गरेका हुन् । 

‘यो अत्यन्त दुःखद घडीमा संयम र धैर्यताका साथ उच्च मनोबलसहित  सतर्क, सजग र  भावनात्मक रूपले एकताबद्ध रहन सबै राजनीतिक दलका साथीहरू, नागरिक समाज एवम् देशभरका तमाम दिदीबहिनी, दाजु–भाइहरूमा हार्दिक अपिल गर्दछु,’ सिटौलाले भनेका छन् ।  

देश अचानक र अप्रत्याशित ढंगले आतंकित भएको र अत्यन्त ठूलो कष्ट र पीडा देशवासी सबैले बेहोर्नु परेको नेता सिटौलाको भनाइ छ । 

‘देशमा शान्ति सुव्यवस्था कायम गरी नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ४ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र