सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला  « Khabarhub

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू र नागरिक समाजलाई भावनात्मक रूपमा एकताबद्ध हुन अपिल गरेका छन् । 

उनले बिहीबार विज्ञप्ति जारी गरेर अहिलेको विषम परिस्थितिमा उच्च मनोबलका साथ सतर्क रही भावनात्मक रूपले एकताबद्ध हुन दलका नेताहरू र नागरिक समाजलाई अपिल गरेका हुन् । 

‘यो अत्यन्त दुःखद घडीमा संयम र धैर्यताका साथ उच्च मनोबलसहित  सतर्क, सजग र  भावनात्मक रूपले एकताबद्ध रहन सबै राजनीतिक दलका साथीहरू, नागरिक समाज एवम् देशभरका तमाम दिदीबहिनी, दाजु–भाइहरूमा हार्दिक अपिल गर्दछु,’ सिटौलाले भनेका छन् ।  

देश अचानक र अप्रत्याशित ढंगले आतंकित भएको र अत्यन्त ठूलो कष्ट र पीडा देशवासी सबैले बेहोर्नु परेको नेता सिटौलाको भनाइ छ । 

‘देशमा शान्ति सुव्यवस्था कायम गरी नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : ५५ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै