प्रवक्ता महतद्वारा कांग्रेस सभापतिगायत नेतामाथि भएको आक्रमणको निन्दा « Khabarhub

प्रवक्ता महतद्वारा कांग्रेस सभापतिगायत नेतामाथि भएको आक्रमणको निन्दा


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गरेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गरेका छन् ।

‘धेरै युवा र केहि सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै उहाँले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

कांग्रेसले लोकतन्त्र र संविधानप्रती प्रतिबद्ध अन्य  दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ । शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ । 

मङगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेका जनाएको छ ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पति, उधोगव्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ’ उनले उल्लेख गरेका छन्  ।

यसले लगानीको वातावरणलाई पनि बिगारेको र क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने कांग्रेसको भनाइ छ । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको उल्लेख गर्दै प्रवक्ता डा. महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

कानुनी शासनको विकल्प र लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेको जनाएका छन् । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा नरहेको स्पष्ट पारेका छन् ।                                                                                                             

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : २१ बजे

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई