प्रवक्ता महतद्वारा कांग्रेस सभापतिगायत नेतामाथि भएको आक्रमणको निन्दा « Khabarhub

प्रवक्ता महतद्वारा कांग्रेस सभापतिगायत नेतामाथि भएको आक्रमणको निन्दा


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गरेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गरेका छन् ।

‘धेरै युवा र केहि सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै उहाँले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

कांग्रेसले लोकतन्त्र र संविधानप्रती प्रतिबद्ध अन्य  दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ । शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ । 

मङगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेका जनाएको छ ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पति, उधोगव्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ’ उनले उल्लेख गरेका छन्  ।

यसले लगानीको वातावरणलाई पनि बिगारेको र क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने कांग्रेसको भनाइ छ । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको उल्लेख गर्दै प्रवक्ता डा. महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

कानुनी शासनको विकल्प र लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेको जनाएका छन् । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा नरहेको स्पष्ट पारेका छन् ।                                                                                                             

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : २१ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न