कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन « Khabarhub

कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बैतडी– कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारमा रहेका ६२ कैदीबन्दी मङ्गलबार राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका थिए । 

भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबार दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मी घण्टौँ प्रयास गर्दा पनि रोक्न असफल भएका थिए । आन्दोलित कैदबन्दी अन्तमा राति ८ः३० बजे गेटको ताला फुटालेर भागेका हुन् । 

प्रजिअ पौडेलले भने, ‘कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौँ, केही कैदीबन्दी हाम्रो सम्पर्कमा समेत आइसकेका छन् ।’

कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए। कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ५ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र