सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार « Khabarhub

सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् ।

जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए ।

उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग सवाद हुन सकेको छैन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो ।

‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ ।’

कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेन-जी समूह करिब करिब एकमत भएका छन् । जेन-जी समूहले प्रधान सेनापति सिग्देलसँग वार्ताका लागि कार्कीलाई अगाडि बढाउन चाहेका थिए । कार्कीसँग भर्खरै संवाद भएपछि उक्त सन्देश प्रेषित गरिएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने सहमति जुटाएका छन् । त्यहीअनुसार कार्कीको नाम करिब अनुमोदन भएको छ । उक्त भर्चुअल बैठकमा सहभागी सागर ढकालले पनि सुशीलालाई नै अघि बढाउन उचित हुने बताएका छन्।

जुम बैठकमा जेन-जीले कार्कीलाई स्वीकारेर जान सकिने त्यससपछि बालेनन्द्र साह र सागर ढकालहरू पनि विकल्प हुन सक्ने बताएका थिए ।

तर अहिलेलाई सबैभन्दा उपयुक्त पात्र कार्की नै रहेको निचोड निकालिएको छ । उनीहरूको निचोडअनुसार शून्यमा रहेको देशलाई अघि बढाउन सुशीला तयार भएकी हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ३७ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा