जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग « Khabarhub

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने स्वतन्त्र तथा राजनीतिक व्यक्तिहरूलाई पनि जेनजी युवा र नेपाली सेनाबीचमा हुने वार्तामा सहभागी गराउन माग गरेका छन् । 

उनीहरूले निरन्तर समाजको पक्षमा काम गरेका र विकासको नयाँ आयामको सुरुवात गरेका राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङलाई नयाँ सरकार गठन लगायत राजनीतिको आगामी निकासबारे नेपाली सेना र जेनजी पुस्ताबीचको छलफलमा सहभागी बनाउन माग गरेका हुन् ।

डा. तोसिमा कार्की जेनजी पुस्ताले सुरुवात गरेको आन्दोलनमा समर्थन जनाउँदै सहभागी भएकी थिइन् । तर, उनले सार्वजनिक संरचनामाथिको तोडफोड र आगजनीको भने विरोध गरेकी छन् । देशको समस्या समाधानको लागि राज्यले आवश्यकता महसुस गरेमा भूमिका निर्वाह गर्न तयार भएको डा कार्कीको भनाइ छ ।

त्यस्तै, पछिल्लो समयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकासको क्षेत्रमा जनसहभागिता सहितको श्रमलाई लिएर निकै चर्चित भइरहेका छन् । साम्पाङले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आफू पनि मुलुकको समस्या समाधानको लागि तयार भएको अभिव्यक्ति दिएका छन् । उनले देशको विषयमा काठमाडौंले मात्रै निर्णय गर्न नहुने सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र रूपमा प्रमुखमा विजय भएका धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले पनि भौतिक पूर्वाधार क्षेत्रको विकास देखि धनगढीको समग्र विकासमा नयाँ आयाम ल्याएको चर्चा गर्दै केही व्यक्तिहरूले वार्तामा हमालको पनि सहभागिता आवश्यकता भएको तर्क गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ५५ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा