जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग « Khabarhub

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने स्वतन्त्र तथा राजनीतिक व्यक्तिहरूलाई पनि जेनजी युवा र नेपाली सेनाबीचमा हुने वार्तामा सहभागी गराउन माग गरेका छन् । 

उनीहरूले निरन्तर समाजको पक्षमा काम गरेका र विकासको नयाँ आयामको सुरुवात गरेका राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङलाई नयाँ सरकार गठन लगायत राजनीतिको आगामी निकासबारे नेपाली सेना र जेनजी पुस्ताबीचको छलफलमा सहभागी बनाउन माग गरेका हुन् ।

डा. तोसिमा कार्की जेनजी पुस्ताले सुरुवात गरेको आन्दोलनमा समर्थन जनाउँदै सहभागी भएकी थिइन् । तर, उनले सार्वजनिक संरचनामाथिको तोडफोड र आगजनीको भने विरोध गरेकी छन् । देशको समस्या समाधानको लागि राज्यले आवश्यकता महसुस गरेमा भूमिका निर्वाह गर्न तयार भएको डा कार्कीको भनाइ छ ।

त्यस्तै, पछिल्लो समयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकासको क्षेत्रमा जनसहभागिता सहितको श्रमलाई लिएर निकै चर्चित भइरहेका छन् । साम्पाङले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आफू पनि मुलुकको समस्या समाधानको लागि तयार भएको अभिव्यक्ति दिएका छन् । उनले देशको विषयमा काठमाडौंले मात्रै निर्णय गर्न नहुने सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र रूपमा प्रमुखमा विजय भएका धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले पनि भौतिक पूर्वाधार क्षेत्रको विकास देखि धनगढीको समग्र विकासमा नयाँ आयाम ल्याएको चर्चा गर्दै केही व्यक्तिहरूले वार्तामा हमालको पनि सहभागिता आवश्यकता भएको तर्क गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ५५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न