कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता « Khabarhub

कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए । मंगलबार राति करिब तीन–चार सयको सङ्ख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए ।

‘भागेका मध्ये २१ जना कारागार फर्किएका छन्,’ प्रशासक जोशीले भने, ‘केही कैदीबन्दीहरू सम्पर्कमा छन् र फर्किने बताएका छन् तर कफ्र्यू आदेश जारी भएकाले फर्कन नसकेको जानकारी दिएका छन् ।’

उनका अनुसार हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ । कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दाका थिए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई शीघ्र कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्कमा आउन आग्रह गरेको छ । ‘सम्पर्कमा नआउने कैदीबन्दीमाथि कानुनअनुसार कडा कारबाही हुनेछ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ४९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको