कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता « Khabarhub

कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए । मंगलबार राति करिब तीन–चार सयको सङ्ख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए ।

‘भागेका मध्ये २१ जना कारागार फर्किएका छन्,’ प्रशासक जोशीले भने, ‘केही कैदीबन्दीहरू सम्पर्कमा छन् र फर्किने बताएका छन् तर कफ्र्यू आदेश जारी भएकाले फर्कन नसकेको जानकारी दिएका छन् ।’

उनका अनुसार हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ । कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दाका थिए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई शीघ्र कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्कमा आउन आग्रह गरेको छ । ‘सम्पर्कमा नआउने कैदीबन्दीमाथि कानुनअनुसार कडा कारबाही हुनेछ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ५ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र