परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी « Khabarhub

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पत्ति, सम्पदा र परम्परामा आधारित मूल्य–मान्यताको संरक्षणमा ध्यान पुर्‍याउन आह्वान गरेका छन् ।

देशको पछिल्लो घटनाबारे संक्षिप्त कुराकानी गर्दै उनले युवा पुस्तालगायत आम नागरिकले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग, मुद्दा र असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भएको बताए।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण रूपमा गरिनुपर्छ । नेपाल र नेपालीको पहिचानका रूपमा इतिहासदेखि रहेका महत्त्वपूर्ण सम्पदा र धरोहरलाई हानी नोक्सानी पुर्‍याउनु हुन्न, संरक्षणमा ध्यान पुर्‍याउनुपर्छ, यी हाम्रा महत्त्वपूर्ण निधि हुन् ।’

उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै उनहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ५७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको