परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी « Khabarhub

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पत्ति, सम्पदा र परम्परामा आधारित मूल्य–मान्यताको संरक्षणमा ध्यान पुर्‍याउन आह्वान गरेका छन् ।

देशको पछिल्लो घटनाबारे संक्षिप्त कुराकानी गर्दै उनले युवा पुस्तालगायत आम नागरिकले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग, मुद्दा र असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भएको बताए।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण रूपमा गरिनुपर्छ । नेपाल र नेपालीको पहिचानका रूपमा इतिहासदेखि रहेका महत्त्वपूर्ण सम्पदा र धरोहरलाई हानी नोक्सानी पुर्‍याउनु हुन्न, संरक्षणमा ध्यान पुर्‍याउनुपर्छ, यी हाम्रा महत्त्वपूर्ण निधि हुन् ।’

उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै उनहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ५७ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न