एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ « Khabarhub

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

सुरक्षानिकायको भूमिकामा प्रश्न , कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले) ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी पंक्तिलाई शान्त, एकताबद्ध र जिम्मेवार भएर अगाडि बढ्न आह्वान गरेका छन्।

वक्तव्यमा भदौ २३ गते जेन–जी पुस्ताले सञ्चालन गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति दुःख जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

दुवै नेताले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा पार्टीको जोड रहेको स्पष्ट गरिएको छ।

तर त्यही पीडा ओभाउन नपाउँदै देशभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले राष्ट्रलाई स्तब्ध तुल्याएको वक्तव्यमा उल्लेख छ।

संघीय संसद भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संवैधानिक निकायका संरचना ध्वस्त हुनुका साथै दुर्लभ अभिलेख जलेर नष्ट भएको उनीहरूले बताएका छन् ।

जेन-जीका नाममा भएको अराजकताका कारण होटल, बैंक, सुपरमार्केट, निजी सम्पत्ति र सयौँ सवारी साधनमा खर्बौँको क्षति पुगेको तथा कैदीबन्दी भाग्ने घटनाले मुलुकलाई दशकौँ पछाडि धकेल्ने खतरा देखिएको चिन्ता पनि उनीहरूले गरेका छन् ।

एमालेले शान्तिपूर्ण प्रदर्शन गर्ने आयोजकहरूको पूर्वघोषणा विपरीत यस्ता विध्वंसात्मक गतिविधि कसरी भए भन्नेबारे यथार्थ छानबिन आवश्यक रहेको जनाएको छ। यसक्रममा सुरक्षानिकायको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने एमालेले जनाएको छ।

वक्तव्यमा पार्टी कार्यकर्तालाई नियमित सम्पर्कमा रहन, जनताको जिउधनको रक्षा गर्न, शान्ति–सुरक्षा कायम राख्न र पीडितलाई राहत पुर्‍याउन आह्वान गरिएको छ। यसका साथै, प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक बाटोबाट मात्रै खोजिनुपर्ने एमालेले माग गरेको छ।

‘लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रणालीलाई कमजोर बनाउन कुनै प्रयत्न हुनु हुँदैन। संविधानको दायरामा बसेर मात्र सुशासन, सेवा प्रवाह र तीव्र विकासको युवा पुस्ताको माग सम्बोधन गर्न सकिन्छ,’ एमालेले भनेको छ।

एमालेले असामान्य परिस्थितिको लाभ उठाउँदै भइरहेको लुटपाट र हिंसा नियन्त्रणका लागि नेपाली सेनासहित सबै सुरक्षा निकायलाई प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : ४३ बजे

महालेखाको प्रारम्भिक प्रतिवेदन : धरानमा हर्क र अइन्द्रसहितले अनुगमन नै नगरी एक लाख ५६ हजार भत्ता लिएको भेटियो

धरान- आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले धरान

नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्त्वपूर्ण उपलब्धि

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको

नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा

काठमाडौं– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि

गृहको नयाँ व्यवस्था : राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र बनाउन प्रारम्भीक विवरण दर्ता

पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा