राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ « Khabarhub

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।

प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टा भित्रै पक्राउ गरिएको जानकारी दिए ।

अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उनले बताए । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।

प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए ।

कारागारमा पुरुष कैदीबन्दीका ‘ए’ र ‘बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै गरी कुल तीन ब्लकमा ३९५ कैदीबन्दी थिए । जसमा २३ महिला छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : ०२ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर