काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी « Khabarhub

काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने निर्णय गरेको छ।

निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको उल्लेख छ।

सो अनुसार, भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ। तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहने निर्देशनालयले स्पष्ट पारेको छ।

यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यु आदेश लागू हुने जानकारी सेनाले दिएको छ।

सुरक्षा निकायका अनुसार, पछिल्लो परिस्थितिमा नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले नियम पालना गर्न सबैलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र