अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन « Khabarhub

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

‘अन्तरिम सरकार गठन गर्न अविलम्ब संसद् विघटन गर्न माग’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम चुनावी सरकारको नेतृत्व दिनुपर्नेमा समर्थन गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले जेन–जीले अघि सारेको प्रस्तावलाई पूर्ण समर्थन जनाएको जानकारी दिएका हुन्। उनले युवा पुस्ताको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्दै देश नयाँ चुनावतर्फ अघि बढ्नुपर्ने बताए।

“देश अहिले फरक परिस्थितिबाट गुज्रिरहेको छ। अब अन्तरिम सरकार बन्नेछ, जसको मुख्य काम चुनाव गराउनु र देशलाई नयाँ जनादेश दिलाउनु हो। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्ने प्रस्तावलाई म पूर्ण समर्थन गर्दछु,” मेयर शाहको स्टाटसमा उल्लेख छ।

शाहले तत्काल नेतृत्वमा आउन चाहनेहरूलाई जोश र इमानदारीतालाई दीर्घकालीन रुपमा उपयोग गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, “तपाईँहरूको योगदान देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुनेछ, कृपया हतार नगर्नुहोस्।”

त्यसैगरी उनले राष्ट्रपति समक्ष संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्। जेन–जीको ऐतिहासिक आन्दोलनले ल्याएको परिवर्तनलाई संरक्षण गर्न यस कदम आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : २६ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी