सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन « Khabarhub

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको छलफललाई खतरनाक संकेत भन्दै चेतावनी दिइन्। उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्नु” हो।

उनले भनिन्, “नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।”

सांसद गौतमले आन्दोलनको समाधान गर्न संवाद र निकास दिनुपर्नेमा जोड दिँदै संसदलाई जोगाउनुपर्ने आवश्यकता दोहोर्याएकी छन्।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्। “गोली चलाउनेहरू र चलाउन आदेश दिनेहरू अपाराधी हुन्। उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ,” उनले भनिन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ४८ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी