सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन « Khabarhub

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको छलफललाई खतरनाक संकेत भन्दै चेतावनी दिइन्। उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्नु” हो।

उनले भनिन्, “नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।”

सांसद गौतमले आन्दोलनको समाधान गर्न संवाद र निकास दिनुपर्नेमा जोड दिँदै संसदलाई जोगाउनुपर्ने आवश्यकता दोहोर्याएकी छन्।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्। “गोली चलाउनेहरू र चलाउन आदेश दिनेहरू अपाराधी हुन्। उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ,” उनले भनिन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ४८ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व