सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै « Khabarhub

सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित चारजनालाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् ।

श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी सहितका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन्। श्रेष्ठलाई आइतबार मन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंक्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरणविरुद्ध उनले बोल्दै आएका छन् । त्यसकारण उनले पटक(पटक धम्की पाए।

भूकम्पका बेला झोछेंको आफ्नै घर भत्काएको अवस्थामा उनी वसन्तपुर क्षेत्रमा पुरातात्विक सम्पदा संरक्षणमा जुटेका थिए।

सडकदेखि अदालतसम्म पुगेर उनले हनुमानढोका निजीकरणविरूद्ध बोलेका थिए । गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समितिको संयोजकका रूपमा पनि उनी सक्रिय थिए।

काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा, फागु पूर्णिमा ब्यवस्थित गर्न उनले संयोजनकारी भूमिका खेलेका छन् ।

सम्पदा श्रेष्ठसँगै अरू तीनजना पनि मन्त्री हुनेछन् । जसमा बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम छन् ।

गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । अझै पनि परराष्ट्रसहितका महत्त्वपूर्ण मन्त्रालय खाली छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ५७ बजे

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका