सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै « Khabarhub

सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित चारजनालाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् ।

श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी सहितका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन्। श्रेष्ठलाई आइतबार मन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंक्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरणविरुद्ध उनले बोल्दै आएका छन् । त्यसकारण उनले पटक(पटक धम्की पाए।

भूकम्पका बेला झोछेंको आफ्नै घर भत्काएको अवस्थामा उनी वसन्तपुर क्षेत्रमा पुरातात्विक सम्पदा संरक्षणमा जुटेका थिए।

सडकदेखि अदालतसम्म पुगेर उनले हनुमानढोका निजीकरणविरूद्ध बोलेका थिए । गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समितिको संयोजकका रूपमा पनि उनी सक्रिय थिए।

काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा, फागु पूर्णिमा ब्यवस्थित गर्न उनले संयोजनकारी भूमिका खेलेका छन् ।

सम्पदा श्रेष्ठसँगै अरू तीनजना पनि मन्त्री हुनेछन् । जसमा बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम छन् ।

गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । अझै पनि परराष्ट्रसहितका महत्त्वपूर्ण मन्त्रालय खाली छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ५७ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी