विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्रमा भारत कायमै रहने विश्व बैंकको प्रक्षेपण « Khabarhub

विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्रमा भारत कायमै रहने विश्व बैंकको प्रक्षेपण


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले भारत विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्र कायमै रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको दक्षिण एशिया विकास अद्यावधिक प्रतिवेदन अनुसार उपभोग र कृषि उत्पादनमा सुधार र बढ्दो ग्रामीण आम्दानीका कारण भारतको आर्थिक वृद्धि उच्च रहनेछ ।

विश्व बैंकको प्रतिवेदनमा यस वर्ष दक्षिण एशियाको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहने अनुमान गरिएको छ । तर, सन् २०२६ मा यो घटेर ५.८ प्रतिशतमा पुग्ने चेतावनी दिइएको छ ।

विश्व बैंकले वर्षमा दुई पटक प्रकाशित गर्ने क्षेत्रीय आर्थिक पूर्वानुमानले अझै पनि दक्षिण एशियाले विश्वव्यापी आर्थिक वृद्धिको नेतृत्व गरिरहेको देखाउँछ ।

यद्यपि यस प्रकारको तीव्र आर्थिक वृद्धिमा चुनौती पनि उत्तिकै रहेको जनाइएको छ । विश्व अर्थतन्त्रको अनिश्चितता, व्यापार नीतिमा हुने परिवर्तन, सामाजिक–राजनीतिक तनाव, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरूका कारण श्रम बजारमा हुने अवरोधहरूजस्ता चुनौतीको सामना गर्नुपर्ने बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहान्स जÞुटका अनुसार दक्षिण एशियामा अपार आर्थिक सम्भावना छ । अझै पनि विश्वको सबैभन्दा छिटो वृद्धि हुने क्षेत्र नै दक्षिण एशिया रहेको उनको भनाइ छ । तर, यस क्षेत्रमा रहेका मुलुकहरुले अर्थतन्त्रमा सुस्तता ल्याउने जोखिमको सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले यस क्षेत्रमा रहेका मुलुकहरुले एआईका सबल पक्षको अधिकतम उपयोग गरेमा, व्यापारिक अवरोध घटाएमा उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न सक्ने पनि प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ०९ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले