चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा  | Khabarhub Khabarhub

चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)का लागि आजबाट लिखित र ट्रायल परीक्षा विस्तार गरेको छ । पहिलो चरणमा विभागले काठमाडौं उपत्यकाका चार कार्यालयबाट सेवा दिन थालेको हो । 

‘हामीले राधेराधे र सानोभर्‍याङमा हिजोबाट नै लिखित र ट्रायल सुरु गरेका छौं भने आज चाबहिल र एकान्तकुनामा थपेका छौं,’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

यस्तै, विभागले शुक्रबारदेखि पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइको काम सुरु गरिसकेको छ । जसमध्ये केन्द्रले परीक्षणका लागि पहिलो चरणमा छापेको पाँच सय थान लाइसेन्स परीक्षणपश्चात आजै विभागमा पठाउने उनले बताए । 

जेन–जी आन्दोलनका क्रममा क्षति भएका विभागका करिब ४० प्रतिशत सामाग्री प्रयोगयोग्य भएको उनको भनाइ छ । क्षतिपछि विभागका कुन–कुन सामाग्री प्रायोगयोग्य छन् भन्ने निर्क्यौल गर्नका लागि गरिएको परीक्षणको पूर्ण रिपोर्ट भने हालसम्म विभागले पाइनसकेको उनले जानकारी दिए ।

२३–२४ भदौको जेन-जी प्रदर्शनका कारण सवारी चालक अनुमति पत्रसम्बन्धी ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएपछि रोकिएको परीक्षा करिब दुई महिनापछि पुनः सञ्चालन हुन लागेको हो ।

उनका अनुसार भदौ २४ गते हुने भनिएको लिखित परीक्षा सोमबार बिहान ७ बजे भएको छ । त्यस्तै, ए, बी र के वर्गको ट्रायल परीक्षा पनि बिहान १० बजेदेखि सञ्चालनमा छ ।

यसका साथै भदौ २४ मा लिखित तथा प्रयोगात्मक परीक्षार्थीमध्ये कार्यालयबाट सम्पर्क हुन नसकेकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी परीक्षामा नाम समावेश गर्न सक्नेछन् । यस्तै नयाँ दर्ता तथा वर्ग थपको अनलाइन आवेदन सम्बन्धी सूचना पछि प्रकाशन गरिने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ५७ बजे

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले