चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा  « Khabarhub

चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)का लागि आजबाट लिखित र ट्रायल परीक्षा विस्तार गरेको छ । पहिलो चरणमा विभागले काठमाडौं उपत्यकाका चार कार्यालयबाट सेवा दिन थालेको हो । 

‘हामीले राधेराधे र सानोभर्‍याङमा हिजोबाट नै लिखित र ट्रायल सुरु गरेका छौं भने आज चाबहिल र एकान्तकुनामा थपेका छौं,’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

यस्तै, विभागले शुक्रबारदेखि पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइको काम सुरु गरिसकेको छ । जसमध्ये केन्द्रले परीक्षणका लागि पहिलो चरणमा छापेको पाँच सय थान लाइसेन्स परीक्षणपश्चात आजै विभागमा पठाउने उनले बताए । 

जेन–जी आन्दोलनका क्रममा क्षति भएका विभागका करिब ४० प्रतिशत सामाग्री प्रयोगयोग्य भएको उनको भनाइ छ । क्षतिपछि विभागका कुन–कुन सामाग्री प्रायोगयोग्य छन् भन्ने निर्क्यौल गर्नका लागि गरिएको परीक्षणको पूर्ण रिपोर्ट भने हालसम्म विभागले पाइनसकेको उनले जानकारी दिए ।

२३–२४ भदौको जेन-जी प्रदर्शनका कारण सवारी चालक अनुमति पत्रसम्बन्धी ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएपछि रोकिएको परीक्षा करिब दुई महिनापछि पुनः सञ्चालन हुन लागेको हो ।

उनका अनुसार भदौ २४ गते हुने भनिएको लिखित परीक्षा सोमबार बिहान ७ बजे भएको छ । त्यस्तै, ए, बी र के वर्गको ट्रायल परीक्षा पनि बिहान १० बजेदेखि सञ्चालनमा छ ।

यसका साथै भदौ २४ मा लिखित तथा प्रयोगात्मक परीक्षार्थीमध्ये कार्यालयबाट सम्पर्क हुन नसकेकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी परीक्षामा नाम समावेश गर्न सक्नेछन् । यस्तै नयाँ दर्ता तथा वर्ग थपको अनलाइन आवेदन सम्बन्धी सूचना पछि प्रकाशन गरिने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ५७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा