बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे « Khabarhub

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा सोमबार छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार सजाय वापदको रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत कात्तिक १८ गते पक्राउ गरेको थियाे ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । कैद वापतको रकम तिरेर बाहिर निस्किन पाऊँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए । त्यहीअनुसार उनी रकम बुझाएर रिहा भएका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै