प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु « Khabarhub

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । 

सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि शाक्य रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । 

सो क्रममा कार्यकारी निर्देशक शाक्यले विद्युत् प्राधिकरणले राखेका प्राथमिकताहरू कुनै परिवर्तन नहुने स्पष्ट पारे  ।

केहि ठूला जलविद्युत आयोजनालाई अघि बढाउने सरकारको घोषणालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए ।

शाक्यले अहिलेको चुनौती विद्युत् खपत वृद्धि भएकाले यसका लागि उद्योग व्यवसायीलाई सहजीकरण गर्ने र निजी क्षेत्रले उत्पादन गर्ने विद्युतलाई खपत गर्नका लागि आवश्यक प्रसारण र वितरण गर्ने कामलाई यथाशीघ्र अघि बढाउने जिकिर गरे । 

उनले प्राधिकरणलाई अघि बढाउने आफ्नो सम्पूर्ण अनुभवका साथ काम गर्ने प्रतिबद्धता जनाए। 

त्यस्तै कार्यकारी निर्देशक शाक्यले अदालतले आफूलाई न्याय गरेको भन्दै आभार व्यक्त गरे । 

जेन-जी आन्दोलनपछि बसेको सरकारमा कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि शाक्यलाई पदबाट हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । 

त्यसपछि शाक्य उक्त निर्णयकोविरुद्ध अदालत गएका थिए । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन