रुस–युक्रेन युद्धः सम्झौताका ट्रम्पले दबाब दिइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरुको बैठक बस्दै « Khabarhub

रुस–युक्रेन युद्धः सम्झौताका ट्रम्पले दबाब दिइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरुको बैठक बस्दै


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पेरिस – रुससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले बिहीबार भर्चुअल बैठक गर्ने भएका छन् ।

फ्रान्स सरकारका प्रवक्त्ता मोड ब्रेजेओनले बुधबार भने,“फ्रान्स र बेलायतको सह–अध्यक्षतामा पुनः बस्न लागिएको ‘कोएलिसन अफ द विलिङ’ को भोलिको बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टी र अमेरिकाको महत्वपूर्ण भूमिकाबारे ठोस प्रगति गर्न मद्दत गर्नेछ ।”

एलीसे प्यालेसका अनुसार बैठक भिडियो कन्फरेन्समार्फत सञ्चालन हुनेछ । अघिल्ला चरणमा अमेरिकाले अघि सारेको सम्झौतापत्रका केही प्रावधानलाई युक्रेनका युरोपेली सहयोगीहरूले रुसका पक्षमा अत्यधिक अनुकूल भएको भन्दै आलोचना गरेका थिए । यद्यपि राष्ट्रपति ट्रम्पले कीएभलाई सो प्रस्ताव स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन् ।

यसबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार सुरक्षा सुनिश्चित हुन सके देशमा नयाँ चुनाव गराउने तयारी रहेको बताएका थिए । सोमबार, युक्रेनका युरोपेली साझेदारहरूले जेलेन्स्कीलाई ठोस समर्थन व्यक्त गर्दै अमेरिकाको नयाँ प्रस्तावका निश्चित अंशप्रति गम्भीर शङ्का र चिन्ता जनाएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : ३९ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा