राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन « Khabarhub

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन भएको छ।

विशेष साधारण सभाबाट राजेशभक्त श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।अध्यक्षमा ८० मत ल्याएर श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी दिलीप बादेले ७७ मत ल्याएका छन् । उनीहरुको मतान्तर तीन मात्र रह्यो ।

श्रेष्ठ नेतृत्वको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ निर्विरोध हुँदा उपाध्यक्षमा सुमन महर्जन विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष निर्विरोध बन्दा सुमन महर्जन ८९ मतसहित उपाध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामेश्वर बासीले ५६ मत पाए ।

हिरामणि शर्मा महासचिव निर्वाचित हुँदा सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, कार्यसमिति सदस्यमा उत्तम तिमल्सिना, कृष्णराम थापा, कमला लामा, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ निर्वाचित भएका छन्।

यस अघिको कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरले मान्यता नदिएपछि विशेष महाधिवेशनमार्फत् नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको अवधि तीन वर्षको रहनेछ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : २७ बजे

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा