मनहरी दुर्घटनामा थप एकको मृत्यु | Khabarhub Khabarhub

मनहरी दुर्घटनामा थप एकको मृत्यु


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार एकापसमा ठक्किँदा कारचालक हेटौँडा उपमहाननगरपालिका–४ स्कुलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते कारचालकको चितवन अस्पताल र श्रेष्ठको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँ निवासी २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी २६ वर्षीया पुजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशङ्कर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिब्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते सबैको इलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ । स्कार्पियो चालक भने फरार छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : ४३ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा