रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो « Khabarhub

रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सत्येन्द्र चमार र नेहा रौनियारलाई पक्राउ गर्न मुम्बई (भारत)सम्म गृह मन्त्रालयको ‘भिजिबिलिटी’ पुगेको टिप्पणी गरेका छन् ।  

बल्खु खोलामा बाढी गएको बेला चार जनाको उद्धार गर्न ‘भिजिबिलिटी’ नपुगेको गृह मन्त्रालयको ‘भिजिबिलिटी’ प्रेमिल जोडी पक्राउ गर्न मुम्बईसम्म पुगेको उनले टिप्पणी गरेका हुन् । 

‘अस्ती बल्खुमा बाढी जाँदै गर्दाखेरि चार जना छानामा कुर्दै गर्दा भिजिबिलिटी नपुगेको गृह प्रशासनको अस्ती सत्येन्द्र चमार र नेहा रौनियारलाई समात्न त भिजिबिलिटी मुम्बईसम्म पुगेछ त,’ मंगलबार प्रतिनिधिसभाको बैठकमा भने । 

सांसद झाले चमार र रौनियार अपराधी नभएको पनि प्रस्ट्याए । 

‘के उहाँ (सत्येन्द्र–नेहा)हरू हत्यारा हो रु अपराधी हो ?,’ उनले प्रश्न गरे, ‘मुम्बईसम्म पक्राउ गर्न प्रहरी पठाउने ? भिजिबिलिटी पुग्छ त त्यहाँ ? यहाँ चार जना गरिबहरू छानामा कुरी राख्दा भिजिबिलिटी नपुग्ने, त्यता त पुग्दो रहेछ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : १९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल