नेपालको चिन्ता नलिन भारतीय नेता तथा धर्मगुरुलाई महासचिव पोखरेलको सुझाव « Khabarhub

नेपालको चिन्ता नलिन भारतीय नेता तथा धर्मगुरुलाई महासचिव पोखरेलको सुझाव


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दूराजाको आवश्यकताको चर्चा गरिरहेको भन्दै टिप्पणी गरेका छन् । 

नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालको बारेमा चासो राख्नुभन्दा भारतमा नै ती हिन्दू धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्न सुझाव दिएका छन् ।

तर भारतको संविधानले त्यसो गर्न नदिने उल्लेख गर्दै पोखरेलले नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।

उनले लेखेका छन्– ‘ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधीनमा राखेका थिए । तिनीहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दू थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृति पनि थियो । सरदार वल्लवभाइ पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ५४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर