गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत « Khabarhub

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताए छन् ।

महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकको समापनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कमजोर डेलिभरीका कारण केही असन्तुष्टिहरू देखिए तापनि ठूला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने जिकिर गरे ।

‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ ।’ अध्यक्ष डा. राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौँ तर समाजवादी गणतन्त्र भने होइन ।’

उनले सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरूले टाउको उठाएको दाबी गरे । सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाका लागि ठूला दलहरू नै सुध्रनुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनका बारेमा प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोहोर्‍याए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका